होटल बाहिर युवा मृत फेला

हिमालय टाइम्स
Read Time = 1 min

भैरहवा । होटल सि प्रिन्स बाहिर एक युवा मृत अवस्थामा फेला परेका छन । सिद्धार्थनगर-३ स्थित उक्त होटलबाहिर ती युवा मृत भेटिएका हुन् ।

भैरहवा बसपार्कनजिकै रहेको होटलमा शुक्रबार राति सात जनाको समूहमा युवाहरू बसेका थिए । समूहमा बसेका युवामध्ये एकजनाको मृत्यु भएको हो ।

मृतक २४ वर्षीय अमित यादव रुपन्देही कोटहीमाई-५ का वासिन्दा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ । होटल सञ्चालकका अनुसार माथिल्लो तल्लाबाट चोरी गरि भाग्ने क्रममा लडेर मृत्यु भएको हुन सक्छ ।

सँगै बसेका अन्य साथीमध्ये चार जना प्रहरी नियन्त्रणमा छन । दुई जना राती नै भागेका हुन । चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी गरेर भाग्ने अवस्थामा माथिल्लो तलाबाट भुईमा खसेको देखिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?