वृद्धलाई खुकुरी प्रहार गरी फरार चार जना पक्राउ

Read Time = 2 mins

भोजपुर । भोजपुरमा खुकुरी प्रहार गरी फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले जेठ २५ गते राति सवा नौ बजेतिर जिल्लाको रामप्रसादराई गाउँपालिका वडा नम्वर ४ दलगाउँका ७८ बर्षिय तेजबहादुर भुजेललाई आफनै घरमा खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेको अवस्थामा पक्राउ गरिएको भोजपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक नितेशकुमार सिंहले प्रेस विज्ञप्ति निकाल्दै घटना विवरण सार्वजनिक गर्नु भएको छ । भुजेललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका रामप्रसादराई गाउँंपालिका वडा नम्वर २, बाखोराका ४२ बर्षिय राजेन्द्र भुजेल, वडा नम्वर २, धोदलेखानीका ३२ बर्षिय देउराज राई, वडा नम्वर ४, दलगाउँका २४ बर्षिय पुर्ण कुमार राई र सोही वडाका २२ बर्षका सरोज कटुवाललाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको सुचना अधिकारी प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेका चारै जनालाई भोजपुर जिल्ला अदालतवाट ५ दिन म्याद थप भई ज्यान मार्ने उद्योग कसूर अन्तर्गत अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?