पूर्वमन्त्री मिथिला चौधरीको निधन

Read Time = 2 mins

सप्तरी । पूर्वजनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको निधन भएको छ । चौधरीको शुक्रबार राति ५७ वर्षको उमेरमा निधन भएको हो । क्यान्सरबाट पीडित चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँको छोरी रक्षा चौधरीले बताउनृु भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको थियो । त्यसबेला चौधरी नेकपा (संयुक्त) को सांसद हुनुहुन्थ्यो। संविधान सभा २०७० को सभासद रहनुभएकी चौधरी मन्त्री भएकै बेला नेकपा (संयुक्त) र नेकपा माओवादी केन्द्रबीच एकता भएको थियो । देउवाले मन्त्रिपरिषद् पुर्नगठन गरी ६४ सदस्यीय बनाउनु भएको थियो ।

विसं २०२२ साल चैत्र ७ गते धनुषा जिल्लाको जनकपुर नगरपालिका–८ मा जन्मनुभएकी चौधरीको विवाह सप्तरीको राजविराज–५ निवासी अधिवक्ता तथा नेकपा संयुक्तका नेता मदनमोहन चौधरीसँग भएको थियो । उहाँको श्रीमान, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?