-प्रकाश मैनाली
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–११, हीरापुरमा आज मध्यान्ह भान्जाले आफ्नै मामाको हत्या गरेका छन् । बारीमा काम गर्नेक्रममा भएको विवादमा भान्जा लालबन्दी–११, कै ३१ वर्षीय रवी विकले मामा लालबन्दी–१७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् ।
तरकारी लगाउन माच बनाउनेक्रममा विवाद भएपछि रवीले माच बनाउनकै लागि काटिएको बाँसले मामा अशोकको टाउकोमा प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रवीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रायः काठमाण्डौंमा बस्ने रवी नागरिकता बनाउन भन्दै केही दिनअघि मात्रै घर आएका थिए ।
घर आएपछि रवी मामासँगै मिलेर नातेदार काकाको बारीमा तरकारी खेतीका लागि माच बनाउन खटिएका थिए । मामा र भान्जाबीच भएको विवादको कारण खुल्न सकेको छैन । सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले हत्यामा संलग्न रवीलाई लालबन्दी प्रहरीको हिरासतमा राखी अनुसन्धान भइरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच