तीन दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला

Read Time = 1 min

चन्द्रौटा । कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका-९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो ।

श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?