अब अमेरिका जाने हवाई यात्रुले कोभिड परीक्षण गरेको प्रमाण देखाउनु नपर्ने

Read Time = 2 mins

न्युयोर्क । अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड-१९ परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने भएको छ । कोभिड महामारी घट्दै गएपछि अमेरिकी सरकारले पछिल्लो कदम चालेको हो ।

ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले ट्विटरमा यसको पुष्टि गरेका हुन् । पयर्टक उद्योगकको चर्को लबिंगपछि सरकार कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने निर्णयमा पुगेको हो ।

यसअघि सबै यात्रुहरूले आफ्नो उडानमा चढ्नु अघि वा यात्राअघि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु पर्दथ्यो । तर, आइतबारदेखि यो नियम समाप्त हुँदैछ । अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले ९० दिनमा नीतिको पुनः मूल्यांकन गर्नेछ ।

प्रशासनले भन्यो कि यो नियम पुनर्मुल्यांकन गर्ने भएकाे छ । तर, नयाँ भेरियन्ट देखिएमा र तत्काल पुरानो नीति अबलम्बन गर्न सकिने पनि केन्द्रले संकेत गरेको छ । अधिकांश गैर-अमेरिकी नागरिकहरूले अझै पनि देशमा यात्रा गर्न खोप लगाउनु पर्छ

जनवरीदेखि अमेरिकामा कोभिड संक्रमितको संख्या ह्वात्तै घटेको थियो । यद्यपि, पछिल्ला दिनमा फेरि संक्रमण देखिन थालेको छ । अमेरिका कोभिड परीक्षण नीतिहरूको पुनःमुल्यांकनमा अन्य देशभन्दा पछाडि परेको त्यहाँको पर्यटन क्षेत्रको गुनासो छ ।

-एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?