भत्ता बुझ्न सास्ती: तीन दिन पैदल हिँडेर गए, रित्तो हात फर्किए

Read Time = 4 mins

-कृष्ण बिष्ट
बैतडी । सिगास गाउँपालिका कले लुहार, महा लुहार र कालु लुहारसँगै बुधबार भत्ता बुझ्न भन्दै घरबाट हिड्नुभयो । बिहान झिसमिसेमै घरबाट हिड्नुभएको तीन वृद्ध दुईदिनको पैदल हिँडेर वडा नं २ मा रहेको कृषि विकास बैंकमा पुग्नुभयो । तेश्रो दिन बैंकमा पुग्नुभएको उहाँहरु भत्ता नलिएरै फर्किन बाध्य हुुनुभयो । शुक्रबार बैंकमा पुगेर दिनैभर जसो लाईनमा बसेपनि पालो नपुगेपछि निरास भएर फर्किन बाध्य हुनुभएको हो ।
६० वर्षीय कालु लुहारले भन्नुभयो, ‘सामाजिक सुरक्षा भत्ता बुझ्न सारै गाह्रो भयो, बैंकमा ठेलमठेल भिड थियो, पालो नै आएन, शनिबार र आईतबार बैंक बन्द हुने भएपछि रित्तै फर्किन बाध्य छौँ ।’ उहाँले निरास हुँदै भन्नुभयो ।

भौगोलिक बिकटता र बैंकीङ झन्झटिलोका कारण दुःख भएको उहाँहरुको भनाइ छ । ‘तीन दिन लगाएर बैंकमा पुगरेपनि रित्तै फर्किन बाध्य छाँै, महा लुहारले भन्नुभयो, वडामै भत्ता बुझ्ने ब्यवस्था भईदिए यस्तो सास्ती भोग्नु पर्दैनथ्यो होला नी ।’

बृद्ध तथा सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया वडास्तरमै हुनुपर्ने उनिहरुको साझा धारणा छ । सिगास गाउँपालिकामा रहेको कृषि विकास बैंकमार्फत भत्ता वितरण हुने गरेको छ । कृषी विकास बैंकको शाखा वडा नं २ मा छ । भौगोलिक रुपमा विकट रहेको पालिकामा सामाजिक सुरक्षा भत्तादेखि बैंकिङ कारोबारको लागि सेवाग्राहीलाई सास्ती हुँदै आएको छ ।

सिगास गाउँपालिकामा मात्रै नभई जिल्लाका सबै जसो ठाउँहरुमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भईरहेको छ । ३ देखि ४ महिनाको भत्ता एकैपटक निकासा हुने बुझ्न बैंकहरुमा भीड लाग्ने गरेको छ ।

सामाजिक सुरक्षा भत्तालाई सहज बनाउनेबारे पालिकामा छलफलकै क्रममा रहेको सिगास गाउँपालिकाका पञ्जीकरणकाका फिल्ड सहायक खगेन्द्र धामीले बताउनु भयो । वडामै बैंकका कर्मचारी बोलाएरै भएपनि भत्ता सहजरुपमा वितरण गर्नेबारे छलफल चलिरहेको उहाँले बताउनुभयो ।

जिल्लाको दशरथचन्द नगरपालिकाले बैंकको पहुँचभन्दा टाढा रहेका वडाहरुमा वडा कार्यालयबाटै भत्ता वितरणको ब्यवस्था गर्ने निर्णय गरेको छ । २, ३, ७, ९ र ११ नं वडाका नागरिकहरुलाई सम्बन्धित वडा कार्यालयबाटै भत्ता वितरणको तयारी थालेको हो ।

जिल्लाको सुर्नया गाउँपालिका नं ३ वडामा पनि वडा कार्यालयबाटै भत्ता वितरण गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?