काठमाडौं । नुवाकोटको ककनी नगरपालिका ७ मा विद्युतिय प्रसारण लाइनको तारमा बिहान १० बजेदेखि एक जना मानिस झुण्डिरहेका छन् ।
उनी १० बजेतिर चुरालेस्थित त्रिशुली थ्री ए को पोलबाट नाङ्गो तारमा पुगेका थिए । उक्त समयमा लाइन नभएको समय परेको हुनाले उनलाई करेन्ट लागेन ।
पोलमा चढेर विद्युतीय तारमा पनि हिँडिरहेका बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यतिबेला मानसिक सन्तुलन गुमाएका विक चढेपछि आयोजना नै बन्द गरिएको छ । त्रिशुली थ्री ए बन्द हुँदा अहिले प्राधिकरणलाई विद्युत व्यवस्थापनमा समस्या परेको जनाएको छ।
प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर, उनी तल झर्न मानेका छैनन्।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच