त्रियुगा नगर कार्यपालिकामा कांग्रेस सदस्यहरुले गरे ‘फ्लोवर क्रस’, बाम गठबन्धन विजयी

Read Time = 3 mins

उदयपुर । त्रियुगा नगर कार्यपालिकाको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धन विजयी भएको छ । निर्वाचनमा नेपाली कांग्रेसका सदस्यहरूले ‘फ्लोवर क्रस’ गर्दा बामगठन्धन निर्वाचित भएको हो ।

त्रियुगा नगर कार्यपालिकामा नेपाली काग्रेसको स्पष्ट बहुमत थियो । तर, निर्वातचनमा दुई मत ‘फ्लोवर क्रस’ हुँदा विपक्षी बाम गठबन्धन विजयी भएको हो । महिला, दलित, अल्पसंख्याकलाई कार्यपालिकामा निर्वाचित गराउने क्रममा कांग्रेसले ‘फ्लोवर क्रस’ गरेपछि बाम गठबन्धनको जित भएको हो ।

आठ जना उम्मेदवारलाई कार्यपालिका सदस्यमा निर्वाचित गर्नुपर्नेमा फ्लोवर क्रस गरेर सात जना निर्वाचित भए पनि एक जनाको बराबरी मत आएको थियो । पछि गोला प्रथाद्धारा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको छ ।

त्रियुगा नगरपालिकामा कुल ८२ मत रहेकोमा नेपाली कांग्रेसको मात्रै ४२ मत थियो भने बाम गठबन्धनको ४० मत मात्र थियो । अल्पसंख्यकबाट नेकपा एमालेका डिल्लीसेर राई र नेकपा माओवादी केन्द्रका विमल राईले ४२–४२ मत प्राप्त गरी निर्वाचित भएका छन् । यसैगरी, महिलातर्फ गीताकुमारी उप्रेती एमाले, रेणुका श्रेष्ठ एमालेले ४१–४१ मत प्राप्त गरी निर्वाचित भए ।

दलित तर्फबाट कुन्ति परियार नेकपा माओवादी केन्द्र, सुनिता गजमेर नेकपा एमालेले ४१–४१ मत प्राप्त गरी निर्वाचित हुनु भयो भने कांग्रेसका बलदेव विश्वकर्मा र नेकपा माओवादी केन्द्रका प्रल्हादकुमार विश्वकर्माको ४१–४१ मत बराबरी आएपछि गोला प्रथाद्धारा कांग्रेसका बलदेव बिश्वकर्मा निर्वाचित हुनु भयो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ जना कार्यपालिका सदस्य मध्ये नेकपा एमालेले चार सिट, नेकपा माओवादी केन्द्रले तीन सिट र गोला प्रथाद्धारा कांग्रेसले एक सिट हात पारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?