घरको छतबाट खस्दा नागार्जुनमा एक जनाको मृत्यु

Read Time = 1 min

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा एक व्यक्ति घरको पाँच तलामाथिबाट खस्दा मृत्यु भएको छ।

मृत्यु हुनेमा नागार्जुन नगरपालिका ४ सितापाइला घर भएका ३७ वर्षीय जितेन्द्र श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताउनु भयो ।

उनी शनिबार दिउँसो १२:४५ बजेको समयमा घरको छतबाट पानी भर्ने क्रममा चिप्लिएर खसेका थिए । चिप्लेर खस्दा घाइते भएका उनलाई तत्काल उपचारको लागि शुभेच्छा अस्पताल सितापाइला लगिएको भए पनि उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?