ढोलाहिटी सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ढोलाहिटी प्रथम वडाध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा ढोलाहिटी नुवाकोट दरबारलाई ३-२ गोलले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो ।

ढोलाहिटीका विजय गुरुङले दुई तथा नितिन गुरुङले एक गोल गर्नुभयो । नुवाकोटका मनु गौतम तथा भरत थापाले एक-एक गोल गर्नुभयो । किङ कम स्पोर्ट्स क्लब र बौद्ध भेट्रान ‘ए’ क्वाटरफाइनलमा पुगे । किङ कमले सिन्धु स्पोर्ट्सलाई ३-० ले हरायो । विजयविक्रम शाह, विक्रम कार्की र प्रताप शाक्यले एक–एक गोल गर्नुभयो । बौद्धले हेटौंडाको कालभैरवबाट वाकओभर पायो ।

यस्तै आयोजक संस्कृति इन्टरनेसनल स्कुल ‘ए’ र रोजबर्डले संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार जित हात पारेको छ । स्वयम्भूस्थित घरेलु कोर्टमा संस्कृतिले काठमाडौं वल्र्ड स्कुललाई १९-६ तथा रोजबर्डले स्वस्तिश्री गुरुकुललाई ४४-२९ ले पराजित गरे । ब्वाइजमा संस्कृति ‘ए’ ले काठमाडौं भ्यालीलाई ३७-२६ तथा काठमाडौं विद्याकुञ्जले एपेक्स लाइफलाई सात–पाँचले हराए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?