यु-१९ टोली स्वदेश फिर्ता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आइसिसी यु-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि मलेसिया गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली क्रिकेट टोली शुक्रबार राती नेपाल आइपुगेको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।

ADVERTISEMENT

छनोटमा नेपालले पाँच खेलमा तीन जित र दुई हार बेहोरेको थियो । नेपालले पाँच खेलमा ६ अंक जोड्दै तेस्रो स्थान हासिल गरेको थियो । छनोटबाट युएईले यु-१९ विश्वकपमा स्थान बनाएको छ । युएईले शीर्षस्थान हासिल गर्दै दक्षिण अफ्रिकामा आयोजना हुने यु-१९ को विश्वकपमा स्थान पक्का गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?