जष्टिन बिबरको अनुहारमा प्यारालाइसिस

Read Time = 2 mins

एजेन्सी । पप गायक जष्टिन बिबर अनुहारको एक भाग भाइरसको कारण ‘पूर्ण पक्षाघात’ (प्यारालाइसिस) भएको छ । यो सँगै उहाँले विभिन्न कन्सर्ट शोहरू रद्ध गर्नुभएको छ । क्यानेडियन पपस्टार बिबर राम्से हण्ट सिण्ड्रोमबाट ग्रसित हुनुहुन्छ । गायकले उहाँको इन्स्टाग्राम पेजमा पोष्ट गरेको भिडियोमा आफू रोगबाट ‘नराम्ररी ग्रसित’ भएको बताउनुभएको छ ।

२८ वर्षे गायक अहिले उत्तरी अमेरिकामा सांगीतिक टुरमा हुनुहुन्छ । उहाँले टोरन्टो, वासिंटन डिसी र न्यूयोर्कका शोहरू रद्ध गर्नुभएको छ । ‘यस भाइरसले मेरो कान र मेरो अनुहारको स्नायुमा आक्रमण गरेको छ । भिडियोमा मेरो एउटा आँखा झिम्केको छैन । मेरो अनुहारको एउटा भागबाट हाँस्न पनि सक्दिनँ । मेरो अनुहारको एक पक्ष पूर्णरूपमा पक्षाघात भएको छ,’ बिबरले भिडियोमा भन्नुभएको छ ।

रामसे हन्ट सिन्ड्रोम एक प्रकारको छालाको रोग हो । यसले कान नजिकैको अनुहारको स्नायुलाई असर गर्ने विज्ञहरू बताउँछन् । बिबरको पछिल्लो एल्बम ‘जष्टिस’ सन् २०२१ मार्चमा सार्वजनिक भएको थियो ।

उहाँले आगामी शोहरू शारीरिक रूपमा गर्न सक्षम नभएको बताउँदै आफ्ना फ्यानहरूलाई बुझिदिन आग्रह गर्नुभयो । ‘तपाईंले देखिरहनुभएको यो कति गम्भीर छ भनेर । मेरो शरीरले मलाई केही समय आराम गर्नुपर्छ भनिरहेको छ । मलाई आशा छ हजुरहरूले बुझ्नुहुनेछ’, बिबरले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?