लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण

Read Time = 3 mins

बुटवल । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहकार्य र लुम्बिनी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा लुम्बिनी तथा नेपालगञ्ज क्षेत्रका अटोमोबाइल्स व्यवसायीका लागि कर, भन्सार तथा भिसिटिएस ट्रेनिङ सम्पन्न भएको छ । शुक्रबार बुटवलको ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा आयोजित प्रशिक्षण कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यसहित एक सय २५ जनाको सहभागिता थियो । सो अवसरमा नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैं देशभर छरिएर रहेका सदस्यका समस्यासँग जुध्न र सदस्यको क्षमता अभिवृद्धि गर्न लागिपरेको भन्दै सबै क्षेत्रका व्यवसायीको व्यावसायिक कार्यक्षमता विकास आवश्यक रहेको बताउनुभयो ।

भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार प्रशासनलाई चुस्त बनाउन व्यवसायीको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो । भैरहवा आन्तरिक राजस्व कार्यालयका प्रमुख मुक्ति आचार्यले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुने गरेको भन्दै प्रशिक्षण कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताउनुभयो ।

राजस्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भिसिटिएस व्यवसायीकै हकहितका लागि भएकाले जानी राख्नुपर्ने बताउनुभयो । लुम्बिनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यको वृत्ति विकासम ठूलो भूमिका खेलेको भन्दै आगामी दिनमा पनि नाडासँगको सहकार्यमा व्यवसायीका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा चार्टर्ड एकाउन्टेन्ट साहिल अग्रवालका साथै नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्य मुना श्रेष्ठलगायतको उपस्थिति रहेको नाडाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?