कर्न सिडब्लु ७० स्मार्टवाच बजारमा

Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय ब्रान्ड कर्नले नेपाली बजारमा नयाँ स्मार्टवाच ल्याएको छ । नेपालस्थित आधिकारिक वितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमबीच नयाँ स्मार्टवाच सार्वजनिक गरेको हो ।

कम्पनीले कर्नको विश्वस्तरीय स्मार्टवाच सिडब्लु ७० मोडल नेपालमा ल्याएको छ । स्मार्टवाचमा १.८२ इन्चको आइपिएस डिस्प्ले, वाटरप्रुफ फिचर, बिग ब्याट्री क्यापासिटी, वायरलेस चार्जिङ, ब्लड अक्सिजन मनिटर, हर्टरेट मनिटर र ब्लुटुथ कलिङ फिचरसमेत रहेको छ । स्मार्टवाचमा तीन सय ६५ दिनको वारेन्टी रहेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक राज गुप्ताले नेपाली बजारमा विश्वस्तरका गुणस्तरीय एसेसरिज उपलब्ध गराउँदै आएको र बजेट सिरिजमा ब्लुटुथ कलिङ फिचरसहित स्मार्टवाच पनि ल्याएको बताउनुभयो । कर्न सिडब्लु ७० स्मार्टवाचको मूल्य छ हजार नौ सय ९९ रुपैयाँ रहेको छ भने प्रि–बुक गर्नेले भने छ हजार चार सय ९९ रुपैयाँमै पाउने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?