आइएमईको प्रभातफेरी

Read Time = 1 min

काठमाडौं । रेमिट कम्पनी आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिबार प्रभातफेरी (वाकथन) कार्यक्रम आयोजना गरेको छ । केन्द्रीय कार्यालय पानीपोखरीबाट सुरु भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो । रेमिट्यान्ससम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालको नेतृत्वमा आयोजित प्रभातफेरीमा रेमिट्यान्स सचेतनासम्बन्धी नारा अंकित प्लेकार्ड बोकेका कर्मचारीको सहभागिता थियो । हरेक वर्ष जेठ २९ मा आइएमईले स्थापना दिवस मनाउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?