आज विश्व बालश्रम विरुद्धको दिवस

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस विविध कार्यक्रमगरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो । सन् २०२५ सम्ममा बालश्रमका सबै स्वरूपको अन्त्य गर्न निर्णायक कदम चाल्नुपर्नेमा आइएलओले जोड दिएको छ ।

विश्वमा १० बालबालिकामध्ये एकजना बालश्रममा संलग्न भएको तथ्यांकले देखाएको छ । सन् २००२ मा अन्तर्राष्ट्रिय श्रम संगठनले बालश्रमविरुद्ध विश्व दिवसको रूपमा सुरुवात गरेपछि बालश्रममा कमी आएको बताइन्छ । सन् २००२ जुन १२ यता विश्वव्यापी बालश्रमिकको दुर्दशाको बारेमा चेतना फैलाउन प्रत्येक वर्ष बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ । ५ देखि १७ वर्ष उमेरको बालबालिकालाई श्रममा लगाएमा बालश्रमिकको रूपमा लिने गरिएको छ ।

बालश्रम बालबालिकाले कलिलो उमेरमा परिपक्व जस्तै गरी गर्ने काम नै शारीरिक वा मानसिक श्रम हो । शारीरिक वा मानसिक रूपमै बालबालिकालाई असर पुर्‍याउने कामहरूमा बालबालिका संलग्न हुन्छन् वा संलग्न गराइन्छ भने त्यसलाई नै बालश्रम भनिन्छ ।

विभिन्न प्रयास गरिए पनि विश्वका विकसित देशमा बाल मजदुरीको अन्त्य हुन सकेको छैन । नेपाल जस्ता देशहरूमा बालश्रमको अवस्था अझै भयावह छ । नेपालमा विभिन्न गैरसरकारी तथा सरकारी निकायले बालश्रमविरुद्ध काम गर्दै आएका छन् । सन् २०२५ भित्र नेपालबाट बालश्रमको अन्त्य गर्ने घोषणा गरिसकिएको छ । नेपालमा इँटाभट्टा, सवारीसाधन, घरायसी काम, उद्योग, कलकारखाना, होटललगायत क्षेत्रमा बालबालिकालाई काम लगाउने गरेको पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?