काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठिक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेको गुनासो गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठिक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको बताउनुभएको हो । उहाँले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजयी हासिल गरेको दाबी गर्नुभयो ।
खनालले विद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोसा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयोे ।
काठमाडौंको मेयरमा नयाँ मान्छे विजयी भएकाले सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जनप्रतिनिधिले जनताको भावनाअनुसार घोषणापत्रमा उल्लेख विषयलाई कार्यान्वयन गराउन ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध