वासु शशीको नयाँ कृति सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कवि वासु शशीको प्रतिनिधी कविताहररूको संग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक भएको छ । वासु शशीकी धर्मपत्नी श्रीमती जुलुम बैद्य, यादव खरेल, कालीप्रसाद रिजाल, गणेश रसिक, मोमिला जोशी र राजकुमार बानियाँले राजधानीमा कृतिको लोकार्पण गर्नुभयो ।

वासु शशी स्मृति परिषदद्वारा आयोजना गरिएको कार्यक्रममा गीतकार रिजालले शशी कविता सिर्जना बिना बाँच्नै नसक्ने प्रतिभा भएको बताउनुभयो । उहाँले शशी आफैँ कविता भएको चर्चा गर्दै शशीले मान्छेका पक्षमा कविता लेखेको दाबी गनुर्भभयो ।

फिल्मकर्मी खरेलले नेपाली कविता साहित्यमा शशीले अतुलनीय योगदान गरेको बताउनुभयो । उहाँले शशीको जीवनशैलीको चर्चा गर्दै शशी अत्यन्तै सरल मानिस भएको जनाउनुभयो । परिषदका अध्यक्ष गणेश रसिकले शशीको साहित्यिक योगदानको चर्चा गर्दै शशीका नाममा परिषदबाट प्रदान गरिने पुरस्कार तथा सम्मान ठूलो गौरवको विषय भएको बताउनुभयो ।

साहित्यकार मोमिला जोशीले सबै कविले रचना गरेका सबै कविता उत्कृष्ट नहुने भन्दै शशीका हरेक कविता उत्कृष्ट हुने गरेको खुलाउनुभयो । कृतिका सम्पादक राजकुमार बानियाँले शशाीका कविताले सिंगो समय बोक्ने बताए । शशीका कविता कालजयी भएको बताउँदै बानियाँले शशी सम्पूर्ण कवि भएको जिकिर गर्नुभयो ।

परिषदका सचिव प्रधुम्न जोशीले शशीले कविताका लागि आफ्नो जीवन समर्पण गरेको उल्लेख गर्दै शशी मसी नभए रगतले कविता लेख्ने अठोट गर्ने कवि भएको उल्लेख गर्नुभयो। पुस्तक प्रकाशन संस्था बुक–हिल पब्लिकेसनका कवि एवं गीतकार भूपेन्द्र खड्काले अग्रज स्रष्टाहरुका पुराना सिर्जनाहरु खोजेर प्रकाशन गर्नु संस्थाको दायित्व भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?