वातावरण फेरबदलका कारण प्रजातिहरू लोप हुने खतरा

Read Time = 8 mins

✍️ निनाम लोवात्ती
त्यसो त हामी नेपालीहरूमा पनि वातावरण संरक्षणका सम्बन्धमा हाल आएर धेरै नै चेतना आइसकेको छ । आजभन्दा १५/२० वर्षअिघको समयभन्दा धेरै नै सचेत भएका छौं भन्न सकिन्छ । हिजो (ग्रेगोयिन पात्रोअनुसार हरेक वर्षको ५ जुनमा) ५० वर्ष पूरा भएर ५१औं पुगेको छ, विश्व वातावरण दिवस मनाउन थालेको । यो वर्ष पनि नेपाललगायतमा विभिन्न देशमा विविध कार्यक्रमसहित ‘५१औं विश्व वातावरण दिवस’ मनाइयो । अझ नेपालमा त ‘५१ औं विश्व वातावरण दिवस’ मनाउने क्रममा नेपालका राष्ट्रप्रमुख सम्माननीय विद्यादेवी भण्डारीज्यू र सरकार प्रमुख सम्माननीय शेरबहादुर देउवाज्यूले वातावरण दिवसको अवसरमा सचेतनामूलक सन्देश पनि जारी गर्नुभएको छ ।

जान्ने बुझ्नेहरूका अनुसार हाल पृथ्वीमा सातवटा महादेश र पाँचवटा महासागर रहेका छन् । यी सात वटा महादेशमा लगभग दुई सयवटा साना-ठूला देश अस्तित्वमा रहेका छन् । ती देशमा आठ अर्बभन्दा बढी मानिसहरूको बसोवास रहेको छ । त्यस्तै ८७ लाखभन्दा बढी प्रजातिका अरबौैं जीव-जन्तु, जलचर, थलचर, कीरा-फट्याङ्ग्रा, वनस्पति, झारपात, लेउ, झ्याउ आदिको साझा घर पनि हुन्, यो पृथ्वी र समुद्र । तर, अर्बाैं मानिसहरू र ८७ लाखभन्दा बढी प्रजातिका अर्बाैैं जीव-जन्तु, जलचर, थलचर, कीरा-फट्याङ्ग्रा, वनस्पति, झारपात, लेउ, भ्mयाउ आदिको साझा घर पृथ्वीलाई प्रदूषित गर्ने र विनास गर्ने काममा भने मानिसले मात्रै गर्दै आएका छन्, यो सत्य हो ।

किन यसरी मानिसहरू पृथ्वीलाई प्रदूषित गर्ने काममा लागे वा लागिरहेका छन् भन्दा मानिसहरूले विज्ञान, सूचना प्रविधि, विकास निर्माण आदिको नाममा पृथ्वीलाई प्रदूुषित गर्ने र कुरूप बनाउने काम गरिरहेका छन् । जसले गर्दा समग्र पृथ्वीको पर्वावरणीय सन्तुलन बिग्रेर वातावरण विनास हुँदै गएको छ । फलतः ओजोन तहमा ठूलो प्वाल (भ्वाङ) परिसकेको स्थिति छ । जसले गर्दा हरित गृह ग्यास उत्पादनमा ठूलो ह्रास आएको छ । यसले गर्दा समग्रमा पृथ्वीको तापक्रम (तातोपन) बढ्ने क्रम तीव्र गतिमा बढ्दै गएको छ ।

वातावरण, जलवायु तथा विज्ञान प्रविधि विज्ञहरूका अनुसार पृथ्वीमा रहेका मानव प्रजातिबाहेक अन्य प्रजाति लोप हुँदै जाने क्रम तीव्र रूपमा बढ्दै गएको छ । गत वर्ष आएको एक समाचार अनुसार निकट भविष्यमै पृथ्वीमा रहेका लगभग २८५ प्रजातिका उभयचर, जलचर, घस्रने जन्तु तथा गैडा, हात्ती, बाघ, भालुलगायत जीव-जन्तुहरू लोप हुने सूचीमा रहेका छन् । यसको मुख्य कारणका विग्रँदै गएको वातावरणीय विनास नै मुख्य कारण हो । किनभने, हाल तीव्र रूपमा बिगँ्रँदै गएको वातावरणकै कारण विश्वभरि नै तीव्र गतिमा जलवायु परिवर्तन भइरहेको छ ।

जसका कारण पृथ्वीमा रहेका मानिसहरूलाई खाद्यानको संकट बढ्दै गएको छ । त्यस्तै जीव-जन्तु, जलचर, थलचर, कीरा-फट्याङ्ग्रा, वनस्पति, बुट्यान, औषधीजन्य बिरुवा, झारपात, लेउ, झ्याउ आदिको पनि आहारामा कमी हुँदै गएको छ । फलतः कतिपय जीव-जन्तु, जलचर, थलचर, कीरा-फट्याङ्ग्रा, वनस्पति, बुट्यान, औषधीजन्य बिरुवा, झारपात, लेउ, झ्याउ आदि लोप हुने क्रममा रहेका छन् भने कतिपय जीवजन्तु, जलचर, थलचर, कीरा-फट्याङ्ग्रा, वनस्पति, बुट्यान, औषधीजन्य बिरुवा, झारपात, लेउ, झ्याउ आदि त पृथ्वीबाट लोप भइसकेका छन् ।

यसै सल्दर्भमा भन्नु पर्दा साइमन फ्रेजर विश्वविद्यालयका प्राध्यापक निकोलस डल्भीले आफ्नो अध्ययन प्रतिवेदनको सारसंक्षेपको निचोडलाई भनाइको रूपमा राख्दै एएफपीसँग भनेका छन्, ‘रेड लिस्ट’ मूल्यांकनका लागि अध्ययन गरिएनुसार सम्पूर्ण प्रजाति वा समूहहरूको संरक्षण स्थिति खस्कँदै गएको छ । तिनीहरूको लोप हुने खतरा भयावह ढंगले बढी रहेको छ ।’ उक्त अध्ययन प्रतिवेदनअनुसार १२ सय प्रजातिहरू त समुद्री जीवहरू जस्तै सार्क, डल्फिनलगायत जलचर प्रजाति रहेका छन् । तीमध्ये पनि ३७ प्रतिशत जलचरहरू कडा हाड भएका प्रजाति छन्, जुन प्रजातिहरू चाँडै लोप हुने खतरामा रहेका छन् ।

स्मरणीय के छ भने, सो तथ्यांक उल्लेख भएअनुसार विगतमा (आठ वर्षअघि) गरिएको यस्तै अध्ययनको तुलनामा एक तिहाइलेभन्दा पनि बढिरहेको छ । यसरी पृथ्वीमा रहेका वभिन्न प्रजातिहरू लोप हुनुमा प्रजातिहरूको वास स्थानको अभाव, अवैद्य चोरी शिकार आदि भए तापनि प्रमुख कारण भने पछिल्लोपटक तीव्र गतिमा बढेको वातावरणीय विनाशकै कारण बढ्दै गएको जलवायु परिवर्तनले गर्दा वन, जंगल, हावा, पानी, चरीचरन, आहारा, बासस्थान आदिको संटक नै प्रमुख रहेको र त्यसैको असर नै प्रजातिहरू लोप हुने खतरामा पुगेको भन्ने वैज्ञानिक र विषयविज्ञहरूको भनाइ रहेको छ ।

त्यसैले हालै (पाँच जुनमा) सम्पन्न भएको ‘५१औं विश्व वातावरण दिवस’ को अवसरमा हामीले कसरी कमभन्दा कम वातावरणलाई क्षति गर्ने (किनभने वातावरण क्षतिमा शून्य सहनशीलता असम्भव जस्तै भइसकेको छ ।) भनी हरेक विकास निर्माणका कार्य योजना र अन्य आयोजनाहरू बनाउँदा आवश्यक सावधानी र वैकल्पिक उपायसहित विकास निर्माणका कार्य योजना र अन्य योजना बनाउनुपर्ने देखिन्छ । अन्यथा प्रजातिहरू मात्रै लोप नभएर मानवहरूको पनि लोप हुने दिन आउन धेरै दिन कुर्नु नपर्ला ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?