अमेरिकामा बन्दुकसम्बन्धी कानुनको माग गर्दै प्रदर्शन

हिमालय टाइम्स
Read Time = 2 mins

न्युयोर्क । बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौं प्रदर्शनकारीले अमेरिकाका प्रमुख सहरहरूमा जुलुस निकालेका छन् । दुईवटा सामूहिक गोलीकाण्डको घटनापछि अमेरिकाभर प्रदर्शन भएको हो ।

सयौंको संख्यामा र्‍यालीमा सहभागीहरुले ‘मलाई गोली हान्नबाट स्वतन्त्रता चाहन्छु’ जस्ता नारा लगाएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले विरोध प्रदर्शनलाई समर्थन गर्दै कंग्रेसलाई बन्दुक सुरक्षा कानुन पारित गर्न आह्वान गरेका छन् । यसका बाबजुद रिपब्लिकनहरूले कानुनी परिवर्तनको सम्भावनालाई खारेज गर्ने सम्भावना छ । मे २४ मा टेक्सासको उभाल्देस्थित रोब इलिमेन्टरीमा भएको गोलीकाण्डमा १९ बालबालिका र दुई बयस्कको मृत्यु भएको थियो ।

त्यसअघि न्युयोर्कको बफेलोमा आक्रमण हुँदा १० जना मारिएका थिए । एकपछि अर्को ऋंखलाबद्ध हमलापछि अमेरिकामा बन्दुक नियन्त्रणका लागि पुनः आह्वान हुन थालेका छन् ।

शनिबार फ्लोरिडामा सन् २०१८ मा पार्कल्याण्ड स्कूल गोलाबारीबाट बचेकाहरूद्वारा स्थापना गरिएको बन्दुक सुरक्षा समूह मार्च फर अवर लाइभ्सले वाशिंगटन डीसी, न्यूयोर्क, लस एन्जलस र शिकागो लगायत देशभर ४५० ह्याली निकालेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?