भक्तपुर । भक्तपुरको देकोचामा रहेको ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन सुरु हुँंदैछ । सम्मेलन भोलि सोमबारसम्म चल्नेछ ।
कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने बताउनुभयो । दोस्रो दिन चार वटा टेक्निकल सेसन हुने छ । पहिलो र दोस्रो दुवै दिन कि नोट स्पिकर रहने उहाँको जनाउनुभयो ।
पहिलो दिन प्राडा. पुष्कर बज्राचार्य, प्राडा. ध्रुबकुमार गौतम र डा. रामकुमार फुयाँल र दोस्रो दिन प्राडा. आरन स्थापित, डा. जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएको छ । सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुति गर्ने छन् ।
सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्ने कार्यक्रम छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र