प्रतिनिधिसभा बैठक आज पनि बस्दै, दुई मन्त्रालय र तीन निकायमाथि छलफल हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ ।

आजको बैठकमा शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न विषयमा छलफल हुने कार्यसूची छ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विनियोजन विधेयक २०७९ अन्तर्गत छलफल हुने दुई मन्त्रालय र तीन निकायको उल्लिखित खर्च कटौतीको छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्नु हुनेछ ।

त्यसैगरी सांसद कृष्णभक्त पोखरेलले ‘शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँमा कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।

बैठकमा सांसद शेरबहादुर तामाङले विनियोजन विधेयक अन्तर्गत ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गर्न’ खर्च कटौतीको प्रस्ताव गर्ने तय भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?