काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज (आइतबार) बस्ने भएको छ ।
बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकको कार्यसूची तय गर्ने योजना रहेको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएको छ ।
आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् ।
साथै सोमबार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक समेत बस्ने भएको छ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम