हेटौंडामा ट्रकको ठक्करबाट बाबु–छोरीको मृत्यु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा शनिबार बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौंडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ बर्षीय ईश्वरकुमार तामाङ र पछाडी सवार उहाँकी २६ बर्षीया छोरी अमिना तामाङ रहनुभएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका उहाँहरूको उपचारको क्रममा हेटौंडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतिय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु–छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना लगतै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?