हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा शनिबार बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौंडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ बर्षीय ईश्वरकुमार तामाङ र पछाडी सवार उहाँकी २६ बर्षीया छोरी अमिना तामाङ रहनुभएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका उहाँहरूको उपचारको क्रममा हेटौंडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतिय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु–छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटना लगतै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र