बैतडीमा १४ जनाले जन्ममिति बढाएर वृद्धभत्ता लिएको खुलासा

Read Time = 2 mins

-कृष्ण बिष्ट
बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिएको खुलासा भएको छ ।

डिलाशैनी गाउँपालिकाका १३ जना र दोगडोकदार गाउँपालिकाका १ गरी १४ जनाले जन्ममिति बढाएर बृद्धभत्ता लिएको खुलेको हो । जिल्ला प्रसासन कार्यालयमा आएको उजुरीको आधारमा अनुसन्धान गर्दा यस्तो भेटिएको जिल्ला प्रसासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

नागरिकतामा जन्ममिति बढाएर वृद्धभत्ता लिनेमा डिलाशैनी गाउँपालिकाका १३ र दोगडाकेदार गाउँपालिका १ जना गरी १४ जना रहेका छन् । २०५२ सालदेखि २०७६ सालसम्म यस्तो प्रक्रिया गर्दै आएको बुझिएका उहाँले बताउनु भयो । ‘केहिले २७ वर्ष पहिले र केहिले ३ वर्ष पहिलेसम्म यस्तो गरेको पाईयो ।’ भारतीले भन्नुभयो ।

सबैजसोले समाजिक सुरक्षा भत्ता अन्तरगत बृद्धभत्ता लिएको खुल्न आएको उहाँले बताउनु भयो ।
हाल वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउदा केरमेटगरेको पाइएपछि यस्तो तथ्य फेला परेको भारतीले जनाउनु भयो ।

उनिहरुलाई कानुनी दायरामा ल्याएरका कनुन अनुसार कार्वाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?