जनताको संरक्षण गर्न नसक्ने मन्त्रीहरूलाई कुर्सीमा बस्ने अधिकार छैन : गंगा चौधरी

Read Time = 1 min

काठमाडौैं । सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नससकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताउनु भएको छ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उहाँले थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको बताउनु भयो ।

राजनीति सिद्धान्त, दायित्व र मौलिक हकबारे संविधानमा हेर्न आग्रह गर्दै उहाँले विभागीय मन्त्रीहरूलाई जिम्मेवारीको कुर्सीमा बस्ने अधिकार र हैसियत नै नभएको बताउनु भयो ।

‘विभागीय मन्त्रीज्यूहरू, तपाइँहरू के गरेर कुर्सीमा बस्नुभएको छ । जनताको संरक्षण गर्न सक्नुहुन्न भने तपाइँहरूको कुर्सीमा बस्ने हक अधिकार र हैसियत पनि छैन,’ उहाँले भन्नुभयो ।

थारू समुदाय नेपाली नागरिक होइन र भन्दै प्रश्न गर्दै उहाँले थारूमाथि नै राज्यबाट अन्याय भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?