परिपक्व यौन र यसका लाभ

Read Time = 4 mins

काठमाडौं । परिपक्व यौनको लागि आत्मविश्वास, भावनात्मकताको विकास आदिको भूमिका ठूलो हुन्छ। त्यसैले सही यौन क्रियाकलापको लागि केही व्यवहारगत पक्षलाई हामीले ध्यान दिनुपर्ने हुन्छ। यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ । अझ वैवाहिक जीवनमा यसले धेरै प्रभाव पारेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौनसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाह अघि पनि युवाहरु प्रेम र यौन सम्बन्धलाई सँगै लैजान्छन्, यसलाई नेपाली समाजले खुलेर स्वीकृति नदिएको भएपनि केही समय यता यस प्रकारको सम्बन्धहरु बढ्दै गएका छन् ।

याैनलाई कसरी आनन्दित बनाउने ?

याैनलाई चरम आनन्दका लागि फोरप्लेको अहम् भूमिका रहन्छ । दुईबीच यौनसम्बन्धी कुराकानी गर्ने, रोमाञ्चक वातावरणको सृजना गर्ने, शरीरका विभिन्न भागलाई सुम्सुम्याउने अथवा चुम्बन गर्ने आदि क्रियाकलापले महिलालाई उत्तेजित बनाउँछ। विशेषगरी, फोरप्लेले महिलालाई उत्तेजित गर्दछ जसका कारण योनिमा तरल पदार्थ आउनुका साथै योनि खुल्न पनि सहयोग गर्दछ । यसले यौन क्रिया र चरम आनन्दमा निकै सहयोग गर्दछ । यदि यी कुनैपनि क्रियाकलाप नगरीकन सिधै यौनसम्पर्क गर्दा पाउने यौनिक आनन्द कम मात्र होइन जोडी मध्ये एकलाई सन्तुष्टि कम हुनसक्छ ।

नियमित याैन गर्दा के-के फाइदा हुन्छ  ?

टाउको दुख्नेः
नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित याैन फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स  गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

 उच्च रक्तचाप
उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

 प्रोस्टेट क्यान्सरः

नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

 मोटोपनामा कमी

मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

हृदयघातबाट कम खतराः

नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।
- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?