चुरोटको निहुँमा भाइको खुकुरी प्रहार गरी हत्या

Read Time = 1 min

सुनसरी । भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ ।

चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
न्युरोडको एनएसी भवनमा बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त र वित्तीय रूपमा स्वायत्त बनाउने तयारी कृष्णभीरमा आजै ग्यास बुलेट चलाउने तयारी, खाली बुलेट गुडाएर सडक परीक्षण गरिँदै ओलीसमक्ष लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह ‘छापा-मार’ सरकारका कारण छापा सञ्चारमाध्यम संकटमा : अध्यक्ष ओली ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव पृथ्वी राजमार्गमा सेनाले ‘ब्लास्टिङ’ गरेर बाटो खोल्दै निषेधको राजनीति छोडेर राजासहितकाे राष्ट्रिय सहमति निर्माण गर्नुपर्छः लिङदेन रसुवा बाढीपछिको पुनर्निर्माण गर्न वाह्य सहयोगमा निर्भर बन्न हुँदैनः अरुणकुमार सुवेदी पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् थाम्न सक्दैन : विशेषज्ञ कार्की