के तपाईंलाई राति अबेरसम्म निन्द्रा लाग्दैन ? के होला समाधान !

Read Time = 3 mins

काठमाडौं । के तपाईंलाई राति अबेरसम्म निन्द्रा लाग्दैन ? सावधान ! यो एउटा रोग बनिसकेको पनि हुनसक्छ ।
केही मानिस बिहान सबेरै उठ्छन् र उनीहरूलाई राति जागा बस्न गाह्रो हुन्छ। त्यसको ठीक उल्टो केही मानिस राति जतिबेरसम्म पनि  जागा बस्न सक्छन् तर बिहान अबेर उठ्छन् । अझ केही त राति पनि निदाउँदैनन् दिनमा पनि निदाउँदैनन् ।

तपाईंले यो समस्या समाधानको लागि चिकित्सकसँग परामर्श लिन जरुरी छ । तर एक अनुसन्धानले यो पनि देखाएको छ कि! 'अबेरसम्म मोबाईल फोन र विद्युतीय उपकरणमा समय बिताउँने बानीले यस्तो भएको हुन पनि सक्छ ।'

मोबाईल, ल्यापटपकाे प्रविधीले विश्व दुनियाँ आफ्नो हातमा छ भने कति शक्तिशाली विकीरणहरु छन् होला ? के हामीले यो कल्पना गरेका छौँ ? त्यसैले यी यस्ता विकीरणहरुबाट धेरै समय नजिक रहिरहनु हुँदैन । यसले मानिसको मस्तिष्कलाई र शरीरलाई हानीसमेत पुर्‍याइरहेका हुन्छौं ।

चिकित्सकका अनुसार मानिसको उमेर, शारीरिक अवस्था, मानसिक स्थिती अनुसार निन्द्रा तलमाथी हुनसक्छ । तर, हाम्रो शरीरलाई आवश्यक पर्ने जति निद्रा हुनु अनिवार्य नै छ । यति बेला अस्पतालहरुमा आउने केही विरामी रातको समयमा पनि निद्रा नलाग्ने, एक दुई दिन होइन दिनहुँ त्यो खालको समस्या भएको बताउने गरेको चिकित्सकहरुले बताउँदै आएका छन् ।

दिनहुँ झै राति निद्रा नपर्दाको असर विस्तारै बढ्दै जान्छ । आँखा दुख्ने, टाउनको भारी हुने, अबेरसम्म निन्द्रा नआउने, फोन नै चलाइरहन मन लाग्ने, टाउको दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने, मानसिक थकान, डिप्रेसन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थिति तथा अन्य धेरै रोगहरू यी यस्ता प्रविधीजडित उपकरणको प्रयोगले हुने अनुसन्धानहरुले देखाएका छन् ।

सधैँ राति जागा बस्ने मानिसमा स्वास्थ्यको समस्या देखिने गरेको छ। यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका थिए। उनीहरूका अनुसार सधैँ एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिन्छ। सुन्दा सामान्य लागे पनि यो शैली अनुकरण गरे यसले महत्त्वपूर्ण प्रभाव पार्न सक्ने उनीहरूको धारणा छ।
–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष… आउटसोर्सिङको विरोधमा १८ मन्त्रालयका करार कर्मचारी सिंहदरबार अगाडि धर्नामा ‘प्रि-आईपीओ’का नाममा हुने अवैध कारोबारमाथि कारबाही हुन्छ : सेबोन अध्यक्ष डा. भट्ट एआईदेखि साइबर सुरक्षासम्म: टेकपाइलाको लाइभ डेमोले विद्यार्थीमा बढायो आकर्षण अर्जेन्टिना, फुटबलको गौरव र इतिहासको छायाँ रौतहटमा युवकद्वारा आत्मदाह प्रयास पर्याप्त वर्षापछि किसान खेतमा, गगटेमा रोपाइँले समात्यो गति (तस्बिरहरू) प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो