बागमती प्रदेशको दीक्षान्त समारोह

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले ४२औँ ब्ल्याकबेल्ट ग्रेडिङमा उत्तीर्ण हुन सफललाई प्रमाणपत्र प्रदान गरेको छ । प्रदेशले दोस्रोबाट तेस्रो डानमा पदोन्नति भएका ५२ जनालाई नख्खुमा आयोजित दीक्षान्त समारोहमा प्रमाणपत्र प्रदान गरेको हो ।

सहभागी ५२ जना सबै तेस्रो डानमा पदोन्नति भएका हुन् । ग्रेडिङमा बागमती प्रदेशका १३ जिल्लाबाटै खेलाडी सहभागी थिए ।

सहभागीलाई उज्ज्वल श्रेष्ठको सहयोगमा पाँचौँ डान रामचन्द्र व्यञ्जनकारले प्रशिक्षण दिनुभएको थियो भने छैटौँ डान राजेश प्रजापतीले परीक्षा लिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?