फ्रिडम ‘ए’ सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फ्रिडम ‘ए’ प्रथम वडाध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा फ्रिडम ‘ए’ ले रूपन्देहीलाई ९-१ को फराकिलो गोलअन्तरले पराजित गर्‍यो । ‘म्यान अफ द म्याच’ फ्रिडम ‘ए’ का विकर्ण श्रेष्ठले ६ गोल गर्नुभयो । नरेन्द्र लामा, राजकुमार घिसिङ र गौतम लामाले १-१ गोल थप्नुभयो । बौद्ध भेट्रान ‘ए’ र किङ कम स्पोर्ट्सले पनि सेमिफाइनलमा स्थान पक्का गरे । बौद्ध ‘ए’ ले जंगवीर युनाइटेडलाई १-० गोलले हरायो । ‘म्यान अफ द म्याच’ तीर्थ लामाले पेनाल्टीमा गोल गर्नुभयो ।

किङ कमले बौद्ध ‘बी’ लाई टाइब्रेकरमा ५-४ गोलले पाखा लगायो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । किङ कमका गोलरक्षक अमित प्रधान ‘म्यान अफ द म्याच’ चुनिनुभयो । यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा किङ कमको भेट फ्रिडम ‘ए’ सँग हुनेछ भने बौद्ध ‘ए’ ले ढोलाहिटीविरुद्ध खेल्नेछ ।

यता त्रियोग संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रियोगले पाठशाला नेपाललाई ३५-२३ ले पराजित गर्‍यो ।

ब्वाइजमै काठमाडौं भ्यालीले रोजबर्डलाई ४७-४४, काठमाडौं वल्र्ड स्कुलले एपेक्स लाइफलाई २८-१८ तथा आयोजक संस्कृतिले स्वस्तिश्री गुरुकुललाई ३८-२० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे । गल्र्समा संस्कृति, निस्ट, भक्तपुर, काष्ठमण्डप र काठमाडौं वल्र्ड सेमिफाइनलमा पुगे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?