काठमाडौं महानगर तेक्वान्दोमा सागरलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागरसिंह ठकुरीले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जित्नुभएको छ । पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ५० केजीमुनि फाइनलमा सागरले नुवाकोटका रञ्जित तामाङलाई पराजित गर्नुभयो । आयोजककै दीपकसिंह सिटौला र सुनसरीका अफान श्रेष्ठ तेस्रो हुनुभयो ।

पुरुष ३४ केजीमुनि बाँकेका जिवेशजंग शाहीले पहिलो स्थान हात पार्नुभयो । फाइनलमा उहाँले चाँदनीका आशिष माझीलाई हराउनुभयो । नुवाकोटका अशोक तामाङ र टोखाका राजन कर्माचार्य तेस्रो हुनुभयो ।

महिला ३१ केजीमुनि चन्द्रागिरिकी सेली गुरुङले फाइनलमा बाँकेकी रितु राजकोटीलाई पाखा लगाउँदै शीर्षस्थान कब्जा गर्नुभयो । आयोजककी रितिका थापा र एसकेबिसीकी याङजुम शेर्पाले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । महिला ३७ केजीमुनि बाँकेकी अनु थापा पहिलो हुनुभयो । अनुले स्वर्ण भिडन्तमा नेवारेकी आशा शाहीलाई पन्छाउनुभयो । एसकेबिसीकी देवुना केसी र राष्ट्रिय विभूतिकी सञ्जु सापकोटा तेस्रो बन्नुभयो ।

प्रतियोगितामा विभिन्न २२ जिल्लाका करिब ६ सय खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाउनुभएको छ । ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

काठमाडौं महानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ग्योरोगी र पुम्सेका उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार दिइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?