तामाङ चलचित्र संघको १४औं वार्षिकोत्सव सम्पन्न

Read Time = 2 mins

काठमाडौं । तामाङ चलचित्र संघको १४औं वार्षिकोत्सव सम्पन्न भएको छ । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङको प्रमुख आतित्यथामा चलचित्र विकास बोर्ड चावहिलमा शनिबार वार्षिकोत्सव सम्पन्न भएको हो ।

तामाङ चलचित्र संघ नेपालको अध्यक्ष कुमार मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा पहिलो तामाङ चलचित्र ‘सेमरी छोरङान’ पदकद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा नेपाल टेलिभिजनका प्रबन्धक निर्देशक फूलमान बल, तामाङ समुदायको पहिलो गायक चन्द्रकुमार मोक्तान, वरिष्ठ संगीतकार चन्द्रकुमार दोङ, सञ्चारकर्मी जगत दोङ, लतख उगिकबाट प्रसारण भएको म्हेन्दोला फोलेका प्रस्तोता सुनिल दोङ, पूर्वअध्यक्ष जेनिश दोङ तामाङ, चलचित्र अभिलेक पुस्तक प्रकाशक जयनकुमार मोक्तान, नायिका चाँदनी मोक्तान, पहिलो तामाङ महिला निर्देशक सुकुमाया मोक्तान, नायिका लता योञ्जन, निर्देशक अमीर दोङलगायत रहनुभएको छ ।

उक्त अवसरमा रोशी गाउँपालिका कार्यालय र तामाङ चलचित्र संघको संयुक्त निर्माणमा बनेको ‘सामाजिक सञ्जाल’ नामक बृत्त चित्र प्रदर्शन गरिएको थियो जसको संयोजन विनायक तामाङ, दीपक तामाङ लामाले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?