आख्यानकारहरूलाई ‘डम्बरकुमारी-गणेश आख्यान पुरस्कार’ प्रदान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साहित्य क्षेत्रका मुर्धन्य आख्यानकारलाई डम्बरकुमारी-गणेश कोइराला प्रतिष्ठानले ‘डम्बरकुमारी-गणेश आख्यान पुरस्कार’ प्रदान गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले आख्यानकार गीता केशरी, परशु प्रधान, बेञ्जु शर्मा र डा. ध्रुवचन्द्र गौतमलाई पुरस्कार प्रदान गर्नुभयो ।

डम्बरकुमारी-गणेश कोइराला प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा अतिथि डा. गुरुङका अतिरिक्त प्राज्ञ माया ठकुरी, गीतकार एस्पी कोइराला, पुरस्कृत व्यक्तित्वहरू डा. धु्रवचन्द्र गौतम, डा.बेञ्जु शर्मा, कृष्णमोहन कोइराला र तुलसीहरि कोइरालाले बोल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?