मिसाइलमार्फत युक्रेनको ठूलो डिपो नस्ट गरेको रुसको दाबी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

किभ । रुसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ । रुसी सेनाले कालिब्र क्रुज मिसाइलमार्फत युक्रेनको ठूलो डिपो नस्ट गरेको इन्टरफ्याक्स समाचार संस्थालाई उदृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ ।

रुसी मेजर जनरल इगोर कोनासेन्कोभले भने, ‘लामो दूरीको कालिब्र मिसाइलहरूले चोरतकिभ क्षेत्रको बस्ती नजिकैको ठूलो गोदामलाई नष्ट गरेको छ ।’ गोदामका हतियारलाई अमेरिका र युरोपेली देशहरूले उपलब्ध गराएको उनले बताए ।

यसैबीच, रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो वायु रक्षा बलले युक्रेनी युद्धक विमानहरू खसालेको जनाएको छ । मन्त्रालयका अनुसार रुसी सेनाले मिकोलायभ क्षेत्रमा एमआई जी–२९ विमान र खार्किभ क्षेत्रमा एउटा एसयु–२५ लडाकु विमान खसालेको थियो।

रुसी हमलासँगै अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराएका छन् । पछिल्लो समयमा रुसी फौजले युक्रेनका निश्चित क्षेत्रलाई निशाना बनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?