फ्रान्सेली खेलाडी चुआमेनी ६ वर्षका लागि रियल मड्रिडमा अनुबन्ध

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्पेनिस टिम रियाल मड्रिडले मोनाकोका फ्रान्सेली मिडफिल्डर ओरेलियन चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध गरेको छ ।

दुवै क्लबले यसको आधिकारीक घोषणा गरिसकेका छन् र रियालले चुआमेनीको स्वास्थ्य परीक्षणपश्चात क्लबमा स्वागत कार्यक्रम गर्ने जनाएको छ ।

चुआमेनीले सन् २०२१-२२ मा मोनाकोबाट ३५ खेलमा तीन गोल र दुई असिस्ट गरेका थिए । सेप्टेम्बरमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका चुआमेनीले फ्रान्सबाट ११ खेल खेलेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुसार चुआमेनीलाई मड्रिडले ८० मिलियन युरोमा अनुबन्ध गरेको हो । यसअघि चुवामेनी लिभरपुल, म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन ९पिएसजी० जाने चर्चा थियो ।

मड्रिडले समरमा फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पेलाई नसकेपछि चुआमेनीलाई क्लबमा अनुबन्ध गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?