व्यवस्थापन सम्मेलन सुरु

Read Time = 2 mins

भक्तपुर । भक्तपुरमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु भएको छ । ख्वप कलेज भक्तपुरद्वारा आयोजित सम्मेलन दुई दिनसम्म चल्नेछ ।

सम्मेलनमा प्राडा पुष्कर बज्राचार्य, प्राडा धु्रवकुमार गौतम, डा. रामकुमार फुँयाल, प्राडा आरन स्थापित, डा. जितेन्द्र डंगोल र नरबहादुर थापालगायतका ४० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ । आयोजक कलेजका प्राचार्य रूपक जोशीले औपचारिक पढाइका साथै अनुसन्धानलाई पनि जोड दिंँदै यस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्नुभएको सम्मेलनमा भक्तपुर नगरपालिकाका मेयर एवं कलेज व्यवस्थापन समिति अध्यक्ष सुनिल प्रजापती, उपमेयर एवं कलेज व्यवस्थापन समिति उपाध्यक्ष रजनी जोशी, प्रदेश सांसद सुरेन्द्रराज गोसाई, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँंयाल, त्रिभुवन विश्वविद्यालय योजना महाशाखाका निर्देशक प्राडा ध्रुवकुमार गौतम, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?