वेष्ट इन्डिजविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा वेष्ट इन्डिजलाई डीएल म्याथोड पद्धतिमा ५३ रनले पराजित गर्दै पाकिस्तानले श्रृंखलामाथि ३–० को ‘क्लिन स्विप’ गरेको छ ।

घरेलु मैदानमा मुल्तान पाकिस्तानले प्रस्तुत गरेको २७० रनले लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३७ ओभर २ बलमा २१६ रनमा समेटिएको थियो ।

वेष्ट इन्डिजका एक खेलाडीले मात्रै अर्धसतकीय योगदान गरे । एकेअल होसेनले सर्वाधिक ६० रन बनाए । पाकिस्तानका सादव खानले सर्वाधिक ४ विकेट लिए ।

यस अघि घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेका पाकिस्तानले ४८ ओभरमा छोट्टाइएको खेलमा नौ विकेट गुमाउँदै २६९ रनको योगफल तयार पारेको थियो।

पाकिस्तानका दुई खेलाडीले अर्धसतक पूरा गरे । सदाव खानले सर्वाधिक ८६ रन बनाए भने इमाम उल हकले ६२ रन जोडे । वेष्ट इन्डिजका निकोलास पूरानले सर्वाधिक ४ विकेट लिए ।

यस अघि पहिलो खेल पाकिस्तानले पाँच विकेट र दोस्रो खेल १२० रनले आफ्नो पक्षमा पारेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?