ओपोले ‘ओपो ए १६ के’ को मूल्य घटायो

Read Time = 1 min

काठमाडौं । ओपोले ओपो ए १६ के चार जिबी प्लस ६४ जिबी भेरियन्टको मूल्य घटाएर १७ हजार नौ सय ९० रुपैयाँ कायम गरेको छ । ए सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन ए १६ के मार्च २०२२ मा नेपालमा सार्वजनिक गरिएको थियो ।

फोनमा पाँच एक्स डिजिटल जुम र पाँच एमपी फ्रन्ट क्यामेराका साथ १३ एमपी रियर क्यामेरा रहेको छ । पछाडिको क्यामेराका लागि तीनवटा नयाँ कस्मोपोलिटेन, एस्ट्रल र ड्याजल नाइट फिल्टर रहेका छन् । प्रत्येक ओपो ए १६ के खरिदमा दुई हजार रुपैयाँ बचत हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?