काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजमपीडित बालबालिकाका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउन्ड टेबल नेपालले असार ४ गते काठमाडौंमा विशेष कार्निभल आयोजना गर्ने भएको छ । स्कुल फर स्पेसल्स प्रोजेक्टका रूपमा राउन्ड टेबलले पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष विद्यालय निर्माण गर्ने अभियानअन्तर्गत कार्निभल आयोजना गर्न लागिएको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
मल्ल होटलमा आयोजना हुने विशेष कार्निभलमा मल्ल होटलले स्वादिष्ट खानाका परिकार पस्किनेछ भने विभिन्न नेपाली ब्रान्डका बियर, बियर ककटेल, मकटेललगायतका पेय पदार्थ रहने बताइएको छ ।
त्यसैगरी बालबालिकाका लागि विभिन्न खेल, डिजे लाइभ ब्यान्डको प्रस्तुतिसमेत रहनेछ । उक्त ‘जुन बियर कार्निभल’ बियर फेस्टिबल र पारिवारिक कार्निभलको संयुक्त स्वरूपमा रहने बताइएको छ ।
कार्निभलको प्रवेश टिकट शुल्क एक हजार रुपैयाँ तोकिएको छ, जसमा एक बोतल बियर निःशुल्क उपलब्ध गराइनुका साथै सहभागीले विभिन्न भौचरसमेत प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ ।
राउन्ड टेबल नेपालले डाउन सिन्ड्रोम तथा अटिजमपीडित बालबालिकाको शिक्षामा सहयोग पुर्याउँदै आएको छ । राउन्ड टेबलले स्कुल फर स्पेसल्स प्रोजेक्टको पहिलो विद्यालय निर्माणका लागि राउन्ड टेबलकै सदस्यले निःशुल्करूपमा उपलब्ध गराएको जग्गामा विद्यालय भवन निर्माणदेखि आफ्नै जग्गा खरिदसम्मका योजना रहेको जनाएको छ ।
राउन्ड टेबलले खासगरी सामुदायिक विद्यालयका कक्षाकोठा निर्माणमा सहयोग पु¥याउँदै आएको छ । संस्थाको अगुवाइमा हालसम्म ५८ विद्यालयमा तीन सय ७३ भन्दा बढी कक्षाकोठा, ४० भन्दा बढी शौचालय निर्माण भइसकेको संस्थाले जनाएको छ ।
बेलायतमा सन् १९२७ मा स्थापना भएको गैरनाफामूलक संस्था राउन्ड टेबल इन्टरनेसनललाई सिके गोल्छाले सन् १९८९ मा नेपालमा भित्र्याउनुभएको थियो । राउन्ड टेबल नेपालमा युवा उद्यमीको संलग्नता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच