अमेरिकी बन्दुक नियन्त्रणः सुरक्षा उपायबारे सिनेटरहरूको क्रस-पार्टी समूह सहमत

हिमालय टाइम्स
Read Time = 2 mins

न्युयोर्क । अमेरिकी सिनेटरहरूको एउटा क्रस-पार्टी समूहले बन्दुक सुरक्षामा सम्भावित कानूनको लागि एउटा ढाँचामा सहमति जनाएको छ । बन्दुक नियन्त्रणका सम्बन्धमा चौतर्फी दबाब बढिरहेका बेला समूहले सहमति जनाएको हो ।

समूहले तयार गरेको प्रस्तावमा २१ वर्ष मुनिका खरिदकर्तामा कडा जाँच र अवैध बन्दुक खरिदमा नियन्त्रण रहनेछन् । प्रस्तावलाई १० जना रिपब्लिकनहरुले समर्थन जनाएका छन् । राष्ट्रपति जो बाइडेनले समूहले ल्याएका योजनाहरु सहि दिशाका लागि महत्वपूर्ण कदम भएको बताएका छन् ।

बन्दुकसम्बन्धी कानुनलाई कडाइ गर्ने यसअघिका प्रयास अमेरिकी कंग्रेसमा आवश्यक समर्थनको अभावमा बिफल भएका थिए । दुईवटा सामूहिक गोलीकाण्डको घटनापछि अमेरिकामा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै शनिबार हजारौं प्रदर्शनकारीले अमेरिकाभर जुलुस निकालेका थिए ।

सिनेट समूहले एक विज्ञप्तिमा भनेको छ, ‘आज हामी अमेरिकाका बालबालिकाको सुरक्षा गर्न, हाम्रा विद्यालयहरूलाई सुरक्षित राख्न र हाम्रो देशमा हुने हिंसाको खतरालाई कम गर्नका लागि द्विपक्षीय प्रस्तावको घोषणा गर्दैछौँ ’, सिनेट समूहले एक विज्ञप्तिमा भनेको छ ।

राष्ट्रपति बाइडेनले सांसदहरूलाई प्रस्तावहरू चाँडै पारित गर्न आग्रह गरे । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?