काठमाडौं । नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवासहित दुईजनालाई पक्राउ गरेका छ ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरुपमा कछुवा ओसारपसारमा संलग्न उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरी पक्राउ उनीहरुसँग कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा९९प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच