सर्वोच्चमा आईजीपी बढुवा विवाद मुद्दामा आज सुनुवाई हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।

सरकारले पहिलो वरियतामा रहनुभएका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाइ तेस्रो वरियताक्रममा रहनुभएका धिरज प्रताप सिंहलाई आईजीपी बनाएको भन्दै विवाद अदालतमा पुगेको थियो ।

पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपीमा नियुक्त गर्नु प्रहरी ऐन विपरित भएको भन्दै रिट दायर गर्नुभएको थियो ।

सरकारले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै बिदामा बस्नुभएका अर्को प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा भने काममा फर्किनुभएको छ ।

तेस्रो नम्बर वरीयताका एआईजी आईजीपी बनाएको भन्दै एआईजी पोखरेल र सहकुलबहादुर थापाले बिदा लिनुभएको थियो। थापा मात्रै काममा फर्किनुभएको छ भने पोखरेलले मात्रै मुद्दा हाल्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?