ओली र श्रेष्ठबीच दुई घण्टा भेट, राजनीतिमा नयाँ तरंग

Read Time = 3 mins

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ ।
आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो ।

ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको जानकारी दिनुभयो । उहाँले परराष्ट्र नीतिबारे छलफल भएको बताउनु भयो। वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच के के कुराकानी भयो त्यो भने थाहा नभएको उहाँले बताउनु भयो ।

‘देशमा असंलग्न परराष्ट्र नीति छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने अमेरिकाको पछि लागिरहेका छन् । ओली र श्रेष्ठबीच यसै विषयमा छलफल भएको हुनुपर्छ,’ बजगाईले भन्नुभयो । अमेरिकी सहयोग परियोजना एमसीसी पास पाएपछि पछिल्लो समय नेपालमा अमेरिकी कूटनीति र नेताहरूको भ्रमण बाक्लिएको छ ।

स्थानीय तहको निर्वाचनपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका नेता श्रेष्ठबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ । दुवै नेताबीचको भेटले नेपालको राजनीतिमा भने तरंग सिर्जना गरेको छ । धेरैले यसलाई वाम गठबन्धनबारे छलफल सुरु भएको अर्थमा बुझेका छन् ।

पछिल्लो समय भूराजनीतिक मामिलामा गठबन्धन सरकारले देखिने र बुझिनेगरी चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन दिएको र अमेरिकी सामरिक गतिबिधिमा नेपाललाई सामेल गराएकोमा पूर्व परराष्ट्र मन्त्री समेत रहनु भएको श्रेष्ठले असन्तुष्टि जनाइरहनु भएको छ । अमेरिकन सहयोग एमसीसीलगायतको परराष्ट नीतिका विषयमा उहाँले राष्ट्रिय सभा बैठकमा प्रश्न समेत राख्दै आउनु भएको छ ।

श्रेष्ठले नेपालको परराष्ट्र नीतिविपरीत सरकारले चीनविरोधीहरूलाई चलखेल गर्न दिएको तथा बीआरईका सन्दर्भ प्रधानमन्त्रीले व्यक्त गरेका अभिव्यक्ति र एमसीसीको कथित व्याख्यात्मक घोषणाका नाममा त्यसलाई पारित गरेपछि बढिरहेका अमेरिकी गतिबिधिहरूप्रति चिन्ता व्यक्त गर्दै आउनु भएको छ ।

उहाँ निकट स्रोतका अनुसार मुलुक गम्भीर भूराजनीतिक संकटमा धकेलिन लागेकोले उहाँमा चिन्ता देखिएको जसको परिणाम बालकोट भेटघाट भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?