प्रधानमन्त्री निवासमा बाबुराम : उपेन्द्रको एकल हस्ताक्षरमा मन्त्रिपरिषद् पुनर्गठन नगर्न ध्यानाकर्षण

Read Time = 4 mins

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायत सो पार्टीका शीर्ष नेताहरूले आफनो पक्षमा पार्टी भित्र बहुमत रहेको जनाउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्दा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमवार बिहान भेटघाट गर्नुभएर संघीय परिषद अध्यक्ष भट्टराईले महत्वपुर्ण निर्णयमा तीनजनाको हस्ताक्षर हुने पार्टीको यसअघिको निर्णय स्मरण गराउँदै अध्यक्ष यादवको एकल निर्णय अस्वीकार गर्न पनि ध्यानाकर्षण गराउनु भयो ।

‘मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपेन्द्रजीको एकल निर्णयलाई स्वीकार नगर्न प्रधानमन्त्रीको ध्यानाकषर्ण गराउने काम भयो,’ जसपाका एक नेताले भने, ‘पार्टीको महत्वपुर्ण निर्णयमा तीनजनाको हस्ताक्षर अनिवार्य भएकाले उपेन्द्रजीले एकल हस्ताक्षर गरेर पठाएको पत्रले आधिकारिकता नदिन पनि बाबुरामजीको तर्क थियो ।’

सो पार्टीको महत्वपुर्ण निर्णयमा भट्टराईसहित यादव र अशोक राईको हस्ताक्षर अनिवार्य गर्ने यसअघि नै केन्द्रीय कार्यकायरिणी समिति बैठकले गरेको निर्णय प्रधानमन्त्रीलाई अवगत गराएका छन् ।

‘बाबुरामजीले आज प्रधानमन्त्रीज्यूलाई भेटनु भएको थियो, भेटमा समसमायिक राजनीतिक बिषयमा कुराकानी भएको छ,’ केन्द्रीय कार्यकारिण समिति सदस्य मोहम्मद ईस्तियाक राईले भन्नुभयो । नेता राईले प्रधानमन्त्रीसँग भएको भेटमा भट्टराईलगायतका नेताले के–के विषयमा कुराकानी भएको प्रस्टाउने काम नगरे पनि अध्यक्ष यादवको एकल निर्णयलाई अस्वीकार गर्ने विषयमा जोड गरेको बुझिएको छ ।

अध्यक्ष यादव कृषि तथा सहकारीमन्त्री महेन्द्रराय यादवलाई मात्र सरकारवाट फिर्ता बोलाएर अन्यलाई यथावत राख्न चाहनु हुन्छ भने बाबुराम समूह पार्टी भित्रको आन्तरिक सहमति अनुसार ६ महिनापछि मन्त्रिपरिषद्को पुरै ‘सेट’ परिवर्तन गरेर नयाँ अनुहारलाई राख्नुपर्नेमा जोड गर्दै आएका छन् । जसलाई यादवले अस्वीकार गरेपछि जसपा नेपालमा विग्रह बढ्दै गएको छ ।

स्थानीय तहको निर्वाचनको टिकट वितरणमा पनि यादवले एकलौटी गर्न खोजेको कारण पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको आरोप उहाँ माथि लाग्दै आएको छ । त्यसमाथि, मन्त्रिपरिषद् पुनर्गठनमा पुनः यादवले एकल हस्ताक्षर पठाउने सम्भावना देखेपछि भट्टराई समूह बालुवाटार पुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?