ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

Read Time = 1 min

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बाराकै बारागढी गाउँपालिका–१ भवानीपुर बस्ने २६ वर्षीय देबेन्द बछार चौधरी र उनकी २२ वर्षीया श्रीमती नन्द चौधरी रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ३९४८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प १५१७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिएको थियो ।

दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?