-गोविन्द बीसी
टीकापुर । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली काँग्रेसका पदमबहादुर कलेल विजयी हुनुभएको छ । सोमबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका कलेलले १३ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार इन्द्र चौधरीले १२ मत ल्याउनु भएको छ ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल १३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्रप्रसाद खनालले १२ प्राप्त गर्नुभएको छ ।
सदस्य पदको निर्वाचनमा गठबन्धनकी महिला तर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी जानकीदेवी चौधरी, दिलु कामी, भावना चौधरी विजयी हुनुभएको छ । एक जना दलित सदस्यमा नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल विजयी हुनुभएको छ । तीन जनाको खुल्ला सदस्य पदमा नेपाली कांग्रेसका तेजबहादुर चन्द, बिर्खबहादुर बुढा, नेकपा एकीकृत समाजवादीका लोकन्द्र शाही विजयी हुनुभएको छ ।
जिल्ला समन्वय समितिको नेतृत्वका लागि कैलालीमा सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।
यस्तै, नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेबीच चुनावी गठबन्धन भएको थियो ।
गठबन्धनका उम्मेदवारलाई स्वतन्त्रबाट निर्वाचित धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले सहयोग गरेको बताइएको छ । १३ वटा स्थानीय तह रहेको कैलालीमा जिसस निर्वाचनमा कुल मतभार २६ रहेकोे थियो । तर, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको थियो ।
सत्तारुढ गठबन्धनतर्फ मोहन्याल गाउँपालिकाका अध्यक्ष उपाध्याय निलम्बनमा परेपछि दुवै गठबन्धनको मतभार १२–१२ थियो । २५ जनामध्ये सत्ता गठबन्धनका १२ जना मतदाता थिए । यहाँ नेपाली काँग्रेसको ८, नेकपा माओवादी केन्द्रको मोहन्याल बाहेक ३ र नेकपा एकीकृत समाजवादीको १ गरी १२ मतभार रहेको थियो ।
नागरिक उन्मुक्ति पार्टीसंग ७, नेकपा एमालेसंग ५ र स्वतन्त्र १ गरी १३ मतभार रहेकोे थियो । यस्तो अवस्थामा स्वतन्त्र निर्वाचित धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल निर्णायक भूमिकामा रहनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच