एमालेकाे सचिवालय बैठक पछि प्रदीप ज्ञवालीले भन्नुभयो : निर्वाचन अघि वामपन्थी एकताको सम्भावना छैन

Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकताकाे सम्भावना नभएको दाबी गर्नुभएको छ ।

एमालेकाे सचिवालय बैठक पछि पत्रकारसम्मेलनमा उपमहासचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रबीच एकताको अनुमान सही नभएको दाबी गर्नुभयो । ।

उहाँले अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताउनु भयो ।

'त्यो अनुमान सही होइन । छलफल चलिरहेको छ एमाले अहिले देशलाई वामपन्थी एकतातिर र गैरवामपन्थी एक हुनु पर्छ भन्ने ध्रुवीकरणको पक्षमा एमाले छैन ।'

ज्ञवालीले कांग्रेसलाई शिरमा बोकेर कम्युनिस्ट पार्टीलाई हरायौँ भनेर खुसी मनाउँनेहरुसँग वाम गठबन्धनको सम्भावना नरहेको समेत बताउनु भयाे ।

एमाले अहिले बलियो राष्ट्रिय शक्ति बनाउने पक्षमा केन्द्रीत रहेको उहाँको भनाइ छ । आदर्श र निष्टाका राजनीतिक गर्ने वामपन्थी एमालेमा जोडिन सक्ने उहाँको भनाइ छ ।

यसैगरी उहाँले स्थानीय तह निर्वाचनमा एमालेको जनमत तलमाथि नभए पनि सिट घटेको भन्दै त्यसको समीक्षा हुने जनाउनु भयो ।

ज्ञवालीले मतमा एमाले ठूलो भएको भए पनि नेतृत्वमा भने विगतको भन्दा कमजोर नतिजा आएको बताउनु भयाे । त्यस विषयमा समीक्षा हुने उहाँको भनाइ थियो । पार्टीमा अन्तर्घात भएका विषयमा वडादेखि देशभरी सम्बन्धित कमिटीमा समीक्षा हुने बताउनु भयो ।

केही स्थानमा भने उम्मेदवारी चयन लगायतका विषय मिलाउन नसक्दा समस्या देखिएको उहाँले बताउनु भयो ।

'समयमै उम्मेदवार चयन गर्न नसक्दा, अकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा,निर्वाचन परिचालनमा आवश्यक पर्ने कुशलता देखाउन नसक्दा केही ठाउँमा पराजय भएको छ । प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि हुनेलाई सम्बन्धित कमिटीले कारबाही गर्नेछन् । तर पार्टीले कुन चाहिँ घात अन्तर्घात, कुन चाहिँ असमझदारी हो भनेर छुट्याउँछ र सही घारमा पार्टी पङ्क्तिलाई राख्न पहल हुनेछ' उहाँले भन्नुभयो ।

बैठकले पार्टीको प्रतिष्ठालाई कमजोर गर्ने,पार्टीको विजयमाथि शंका हुने, मूल नेतृत्वमाथि अनास्था फैलाउने अभिव्यक्ति दिन नहुने निष्कर्ष निकाले उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?