यु-१२ टिम टेनिस सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा आइटिएफ एसिया यु-१२ टिम टेनिस प्रतियोगिता, रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया सोमबारबाट सुरु भएको छ । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहेको छ ।

आयोजक संघका महासचिव मनोहरदास मूलका अनुसार नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान तीन-तीन ब्वाइज/गल्र्सले प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तानबाट भने तीन ब्वाइजले मात्र खेल्नेछन् ।

टिम टेनिसमा दुई सिंगल्स र एक डबल्स खेल हुनेछ । नेपालबाट ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल र असभसम्राट हाडा तथा गल्र्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिस्ठा नुगाह श्रेष्ठले प्रतिस्पर्धा गर्नुहुनेछ । छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको टेनिस संघले जनाएको छ ।

नेपालले तेस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिताका निर्देशक अजय विष्टले जानकारी दिनुभयो । ब्वाइज÷गल्र्समा पहिलो र दोस्रो हुने राष्ट्रले काजकिस्तानमा हुने फाइनल प्रतियोगितामा सहभागिताको अवसर पाउनेछन् । पाँचदिने प्रतियोगिता सञ्चालन गर्न अनुमानित आठ लाख ८९ हजार ३०० रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

प्रतियोगिताका लागि आइटिएफ रेफ्री प्रवीणकुमार नायक र आइटिएफ प्रतिनिधि जोनाथन स्तब्स नेपाल आइसक्नुभएको छ । स्तब्सले दक्षिण एसियाका सातै राष्ट्र प्रतियोगितामा सहभागी हुनु खुसीको कुरा भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?